कर्णाली प्रदेशसभाले स्थापनाको चौथो वार्षिकोत्सव मनाउदै

सुर्खेत। कर्णाली प्रदेशसभाले स्थापनाको चौथो वार्षिकोत्सव मनाउने भएको छ । माघ २१ गते प्रदेशसभाले स्थापना दिवस मनाउने भएको हो । सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बसेको पदाधिकारीको बैठकले माघ १७ गते देखि विभिन्न कार्यक्रमहरु आयोजना गरेर वार्षिकोत्सव मनाउने भएको हो ।

सभामुख शाहीका अनुसार माघ १७ गते प्रदेश सभा परिसरको सरसफाई गर्ने, विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिने छ । माघ १८ गते खेलकुद गतिविधि हुनेछन् । यस्तै युवासँग प्रदेशसभा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ । माघ २० गते टुर कार्यक्रमको आयोजना गरिने भएको छ ।

सोही दिन वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिने भएको छ । प्रतियोगिताका लागि ‘म प्रदेश सभाको सदस्य भएँ भने…’ शीर्षक तय भएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए । माघ २१ गते बिहान ११ बजे औपचारिक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण, स्मारिका विमोचन र जलपान कार्यक्रम तय भएको छ ।

तपाईको प्रतिक्रिया