पत्रकार विश्वकर्माको मृत्युबारे छानबिन गरिने

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही र पीडित परिवारलाई राहतको व्यवस्था गर्ने बताएका छन् । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले घटनाको छानबिन र पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गर्दै बिहीबार मन्त्री खतिवडालाई ज्ञापन पत्र बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री खतिवडाले भने, “घटनाबारे सिभिल अस्पतालमा फेरि बुझ्छौँ, परिवारलाई राहत दिने र सम्भावित सहुलियतको व्यवस्था गर्ने काम गर्छौं ।”

विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि माघ ५ गते राति नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार गर्न लगिएको थियो तर अस्पतालले पैसा अपुग भएको भन्दै स्वास्थ्य परीक्षण नगरी तत्काल अक्सिजन दिनुपर्ने बिरामीलाई पैसा नपुगेको भन्दै अन्यत्र रिफर गरिनु नै पत्रकार विश्वकर्माको निधनको मुख्य कारण बनेको पारिवारिक दाबी छ ।

सङ्घले उपचारमा लापरबाही गर्ने अस्पताललाई कारबाही गर्न माग गरेको छ । नाबालक बालबच्चाको उचित शिक्षाको प्रबन्ध र विश्वकर्माकी श्रीमतीलाई जीविकोपार्जनमा सहयोग पुग्नेगरी स्थायी रोजगारीको व्यवस्थालगायतका पाँचबुँदे माग सरकारसँग राखेको छ

तपाईको प्रतिक्रिया