मजाक र ख्यालठट्टा भिडियो बनाए कारवाही गरिने

काठमाडौँ । गृह मन्त्रालयले ख्यालठट्टाको नाममा जथाभावी भिडियो बनाएर सामाजिक सञ्जालमा राख्नेमाथि कारबाही गर्ने जनाएको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थानमा मजाक, ख्यालठट्टा वा मस्करी (प्रयाङ्क)को नाममा जथाभावी भिडियो सामाजिक सञ्जालमा नराख्न सचेत गराएको छ ।

विज्ञप्तिमा ख्यालठट्टा र मजाकको नाममा सर्वसाधारण व्यक्तिलाई शारीरिक तथा मानसिक रूपमा सास्ती, हैरानी वा दिक्दारी दिने गरेको पाइएकाले त्यस्तो गर्ने र गराउनेविरुद्ध कारबाही हुने उल्लेख गरिएको छ । मन्त्रालयले सार्वजनिक स्थलमा हुने भद्दा मजाक र ख्यालठट्टाबाट साधारण व्यक्तिमा पर्न सक्ने मानसिक तनाव तथा विवादले पर्न सक्ने असुरक्षाबारे संवेदनशील हुन आग्रह गरेको छ

तपाईको प्रतिक्रिया