काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य अधिकतम ९०० रुपैयाँले र चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो । घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ र चाँदी एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो । यस्तै यता तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनको तुलनामा तोलामा ९०० रुपैयाँले नै घट्दै ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
नेपालीरैबार । २०७८ माघ १४, शुक्रबार