बालविवाह गर्ने जाेडी पक्राउ

सुर्खेत । उम्मेर नपुगेर विवाह गरेकाे अभियाेगमा दैलेख प्रहरीले दुइ जनालाइ पक्रउ गरेकाे छ । दुल्लु नगरपालिका-१२ घर भएका दुइ जनालाइ प्रहरीले पक्राउ गरेकाे जनाएकाे हाे । पक्राउ पर्नेमा १९ वर्षीय गाेविन्द नेपाली र १५ वर्षीय बालिका छन् । उनकाे उमेर कम भएकाले प्रहरीले नाम र उनकाे तस्वीर भने सार्वजनिक गरेकाे छैन् ।
बाल विवाह गरी घरमा ल्याएकाे उजूरीपछि उनीहरूलाइ पक्राउ गरिएकाे दैलेख प्रहरीले जनाएकाे छ । पक्राउ परेका दुवै जनालाइ अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि म्याद थप गरिएकाे छ । मुलुकी देवानी संहिता २०७४ काे दफा ७० को उपदफा (घ) मा २० वर्ष पूरा नभई गरिएको विवाहलाई बालविवाहको रुपमा परिभाषित गरिएको छ ।
तपाईको प्रतिक्रिया