भूमि आयोग सुर्खेतले छिट्टै लालपूर्जा दिने

सुर्खेत। राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतले छिट्टै लालपूर्जा दिने भएकाे छ। अध्यक्ष श्रीधर पौड् यालले वास्तविक भूमिहीनलाई जग्गाको मालिक बनाउने गरी काम छिटाे भइरहेकाे जनाए। उनले पहिलेको आयोगले अधुरा राखेका कामको अध्ययन गरेर लालपूर्जा लागि बाँकी प्रक्रिया अगाडि बढिरहेकाे बताए ।

आयोगले जनताको हातमा रातोपुर्जा दिन्छ भन्ने विश्वासका साथ स्थानीय जनप्रतिनिधिलाई सहयोग गर्न सुझाव दिए । २०२२ सालदेखि लालपूर्जा नपाएका नागरिकलाई छिट्टै लालपूर्जा दिलाउने उनले प्रतिबद्धता जनाए ।

अहिलेको आयोग विगतकोभन्दा भिन्नै रहेको भन्दै स्थानीय सरकारले सहयोग गरे छिट्टै नागरिकले लालपूर्जा पाउने बताए । विगतका आयोगहरुले गरेका अधुरा कामलाई पूरा गर्ने दायित्व आफूहरुलाई रहेको भन्दै पौड्यालले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्दै आएका सबैलाई लालपूर्जा पाउनेगरी काम भइरहेकाे बताए ।

तपाईको प्रतिक्रिया