बहुविवाह गरेर भागेका जोडी पक्राउ

सुर्खेत । घरमा श्रीमतीहुँदै कान्छी श्रीमती ल्याएर भागेका एक जोडीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहताल गाउँपालिका–५ का ३५ वर्षीय ज्ञानबहादुर सलामी र सोही ठाउँकी २५ वर्षीय रुपा सलामी छन् । सुर्खेत जिल्ला अदालतले कैद सजायको फैसला सुनाए पनि उनीहरु फरार भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी राप्रसाद घर्तीले जानकारी दिए ।

उनकाअनुसार अदालतले बहुविवाह मुद्दामा ज्ञानबहादुरलाई तीन वर्ष कैद र २५ हजार जरिवानाको फैसला गरेको थियो । साथै, रुपालाई एक वर्ष कैद र पाँच हजार जरिवनाको फैसला भएको प्रवक्ता घर्तीले बताए । अदालतको फैसला कार्यान्वयन गर्न प्रहरीले दुवै जनालाई खोजी गर्दा घरबाटै आज विहान पक्राउ गरेको हो । दुवै जनालाई सुर्खेत अदालतमा उपस्थित गराएको पनि प्रवक्ता घर्तीले जानकारी दिए ।

यसैविच, प्रहरी चौकी आग्रीगाउँको टोलीले अदालतले जवरजस्ती करणि मुद्दामा एक हजार जरिवाना फैसला गरेको तर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्ता गाँउपालिका–४ का ३५ वर्षीय एक युवा छन् । उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् ।

तपाईको प्रतिक्रिया