टिप्पर अनियन्त्रितहुँदा आगनमा आगो तापिरहेका दुई जनाको मृत्यु

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ३ सतपतियामा गए राती टिप्पर अनियन्त्रित भई घर अगाडि आगो तापेर बसिरहेका व्यक्तिलाई ठक्कर दिँदा एक जनाको घटना स्थलमै र अर्का एक जनाको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको छ।

सुर्खेतबाट बर्दियाको जमुनीतर्फ जाँदै गरेको भे १ क १४९५ नम्बरको टिप्पर अनियन्त्रित भै दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा बढैयताल गाउँपालिका वडा  नम्बर ३ बस्ने वर्ष ४५ को सोम बहादुर विकको घटनास्थल मै मृत्यु भएको छ भने सोही ठाउँ बस्ने वर्ष ४५ को रामु थारुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको हाे ।

सोही गाउँ बस्ने वर्ष ३५ की प्रमिला चौधरी, वर्ष ४० को चमीलिया थारु र टिप्पर सह चालक सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११, बस्ने वर्ष १९ का लक्ष्मण सुनार घाइते भएका छन् । टिप्पर चालक सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ घर भएका वर्ष ३३ को दुर्गा विकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए।

तपाईको प्रतिक्रिया