डिउटीमा खटिएका प्रहरीलाई ठक्कर दिएर चालक फरार

सुर्खेत । सुरक्षार्थ खटिएका प्रहरी जवानलाई जीपले ठक्कर दिएकाे छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंजमा) कार्यरत सुरेन्द्र बुढालाइ जीपले ठक्कर दिएकाे हाे । जीपकाे ठक्करबाट घाइते बुढाकाे अवस्था गम्भीर रहेकाे कर्णाली प्रदेश कार्यालय सुर्खेतले जनाएकाे छ ।

बुढाकाे क्षेत्रीय बैण्ड गुल्म सुर्खेत (हाल नेपालगंज) दरबन्दी रहेकाे पनि कार्यालयले जनाएकाे छ । संघीय प्रहरी ईकाई कार्यालय सुर्खेत हाल नेपालगंजमा १३८ औं समुहको सात किलाेमिटर दौड परिक्षाको लागि सडक सुरक्षार्थ खटिएक्ा उनलाइ कार्यालय नजिक डिउटी खटिएको अवस्थामा उनलाइ जीपले ठक्कर दिएकाे हाे ।

भे १ च ३६२७ नम्बरको जिपले ठक्कर दिँदा बुढाकाे खुट्टा र टाउकोमा चोट लागेको कार्यालयले जनाएकाे छ । घाइते बुढाकाे नर्सिंहोम नेपालगंजमा उपचार भैरहेको छ । ठक्कर दिने गाडी प्रहरीको नियन्त्रणमा रहेकाे र चालक फरार रहेको प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया