मौसममा बदली देखिएसँगै देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं। आज बुधबार फेरि मौसममा बदली देखिएको छ। हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावले दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम महाशाखाको भनाइ छ।

बागमती र प्रदेश १ का केही स्थानमा समेत हल्का वर्षाको सम्भावना छ। यसका साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। राति सुदूरपश्चिम,कर्णाली, लुम्बिनी, गण्डकी,बागमती र प्रदेश १ मा वर्षाको सम्भावना छ। बिहीबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

तपाईको प्रतिक्रिया