लागूऔषधसहित तीन युवक पक्राउ

धनगढी। धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-३ सहिद गेटबाट तीन जना युवकलाई ८८ ट्याब्लेट नाईट्रोभेट र २८ ट्याब्लेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बोराडाँडीतर्फ जाँदै गरेको ध.उ.म.न.पा. ६८६ नम्बरको अटोमा चेकजाँच गर्दा चालकको सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ पर्नेमा अटो चालक धनगढी ३ का अन्दाजी २१ वर्षीय एकेन्द्र विष्ट, सोही ठाउँका २० वर्षीय सुरेन्द्र कोली र प्रकाश बिक रहेका छन्। उनीहरू तीनै जनालाई नियन्त्रणमा लिई लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया