यस्ता छन् प्रधानन्यायाधीश राणामाथि लागेका अभियोग [पूर्णपाठ]

काठमाडौं। संघीय संसद्का ९८ जना सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। कानुनमन्त्रीसमेत रहेका कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूको अगुवाइमा सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर सांसदहरुले प्रस्ताव दताए गराएका हुन्।

संसद् सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेका अनुसार ३ जना प्रस्ताव र ९५ जना समर्थक सांसदले हस्ताक्षर गरेका छन्। नेकपा माओवादी केन्द्रका सांसद देवप्रसाद गुरुङका अनुसार प्रधानन्यायाधीशलाई २१ बुँदे अभियोग लगाइएको छ। न्यायालयको कार्यभार सम्हाल्न नसेको, न्यायालयलाई निकास दिन नसकेको, न्याय सम्पादनमा गम्भीर समस्या आइपरेको, न्यायालयमा स्वच्छ छवि कायम गर्न नसकेको आदि अभियोग लगाइएको गुरुङले बताए।

तपाईको प्रतिक्रिया