कर्णालीमा पनि वन्दको प्रभाव, सवारी र बजार ठप्प (तस्बिरहरू)

सुर्खेत। एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको नेपाल बन्दको प्रभाव कर्णालीमा पनि परेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बाहिरिने र भित्रने कुनै सवारी साधान चलेका छैनन् भने राजधानीको बजार पनि पूर्ण रुपमा बन्द छ ।

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) भूवनेश्वर तिवारीकाअनुसार प्रदेशका सबै जिल्लामा सार्वजनिक यातायात विहानैदेखि सञ्चालनमा नभएकाे बताए । बजार क्षेत्रमा दुइ पाँग्रे र केही साना सवारी सञ्चालनमा रहेपनि अघिल्लाे दिनकाे तुलनामा कम सवारी गुडिरहेकाे तिवारीकाे भनाइ छ ।

यता बन्दको आह्वान गरेको नेकपा क्रान्तिकारी माओवादीका कर्णाली प्रदेश सचिवालय सदस्य करणबहादुर विसीले राष्ट्रहित विपरितको सम्झौता एमसीसी लागु गर्न नदिन व्यापक जन दवावका लागि बन्दको आह्वान गरिएको बताए । उनले आम नागरिक र सम्पूर्ण व्यवसायी, उद्योगी, यातायात व्यवसायी लगायतलाई सडकमा आउन अनुरोध गरेका छन् ।

तस्वीर सुशील खड्का

तपाईको प्रतिक्रिया