गढी पुगे कर्णालीका प्रदेश प्रमुख परियार

सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले सुर्खेतको वीरेन्द्रनगर स्थित ऐतिहासिक गढीसँग जोडिएका पर्यटकीय क्षेत्रको अबलोकन भ्रमण गरेका छन् । मंगलबार प्रदेश प्रमुख परियारले हालै सञ्चालनमा आएको साहसिक खेल प्याराग्लाइडिङको दिगो सम्भावना, अवसर र चुनौतीका बारेमा समेत जानकारी लिएका हुन् । वेलकम प्याराग्लाइडिङ प्रालिले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले शुरु गरेको व्यवसायिक प्याराग्लाईडिङ्ग कार्यलाई धन्यवाद दिँदै उनले साहसिक खेल मार्फत पर्यटन प्रवद्र्धनमा पु¥याएको योगदानको प्रशंसा गरे ।


‘ऐतिहासिक गढी क्षेत्र सुन्दर र मनमोहक भएपनि पर्याप्त भौतिक पूर्वाधार अभावले विकासमा फड्कको मार्न नसकेको देखियो,’ उनले भने, ‘सम्भावनाले भरिपूर्ण गढी क्षेत्रमा पिउने पानी, पक्की सडक र पर्याप्त बत्तीको जोहो गर्न सके थोरै समयमै ठूलो फड्को मार्ने देखिन्छ ।’

उनले गढी क्षेत्रको पूर्वाधार विकासका लागि प्रदेशसँगै संघीय सरकारसँग आग्रह गरिने जिकिर गरे । उनका अनुसार स्थानीय तहको एक्कल प्रयासले मात्र विकासमा फड्को मार्न नसकिने भएकाले तीनै तहका सरकार वीच आपस सहयोग तथा समन्वय हुन आवश्यक छ ।

उनले गढीमा नियमित साहसिक उडान शुरु भएपछि सुर्खेत आसपासका क्षेत्रको मात्र नभई समग्र कर्णालीकै आन्तरिक तथा बाह्रय पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यता वेलकम प्याराग्लाइडिङ प्रालिका पाईलटहरुले सुर्खेतको भूगोल र हावापानी प्याराग्लाइडिङ उडानका लागि अत्यन्त उपयुक्त भएको बताए । उनीहरुले सरकारी तथा स्थानीयको साथ, सहयोग निरन्तर पाईराखे यहाँको पर्यटन प्रवद्र्धनसँगै साहासिक खेल क्षेत्रलाई थप प्रचार प्रसारसँगै आििर्थक गतिविधिलाई बढाउन प्रयासरत रहने जनाए ।

तपाईको प्रतिक्रिया