कर्णाली सरकारकाे प्रवक्तामा विष्टलाई जिम्मेवारी

सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रवक्तामा विन्दमान विष्टले जिम्मेवारी पाएका छन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विष्ट प्रदेश सरकारको प्रवक्ता नियुक्त भएका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले माघ २६ गतेदेखि लागु हुनेगरी मन्त्री विष्टलाई प्रवक्तामा नियुक्त गरेका हुन् ।

विष्ट नेकपा माओवादी केन्द्रबाट मन्त्रिपरिषदमा प्रतिनिधित्व गरिरहेका छन् । कर्णाली प्रदेश सरकारको पहिलो प्रवक्ता विमला केसी थिइन् । सुरूको मन्त्रिपरिषद् गठन गर्दा माओवादी केन्द्रबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेकी केसीलाई प्रवक्ता बनाइएको थियो। त्यसपछि फेरि पुनःगठन गरिएको मन्त्रिपरिषदमा सीता नेपाली प्रदेश सरकारको प्रवक्ता थिइन् । उनी आन्तरिक मामिला तथा कानुनमन्त्री थिइन्।

तपाईको प्रतिक्रिया