मानव बेचविखन रोक्न गम्भीर बन्नु पर्नेमा जोड

सुर्खेत । मानव बेचविखन तथा ओसारपसार अझै कायमै रहेकाले त्यसलाई रोक्न सबैपक्ष गम्भीर बन्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । कर्णाली प्रदेश स्तरिय मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को कार्यान्वयनको अवस्था बारे आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले अझै यो समस्या विद्यमान रहेकाले सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिएका हुन् ।


रोजगारीको प्रलोभनमा कर्णालीका चेलीहरु भारतमा धेरै बेचिने गरेको सहभागीहरुले बताएका थिए । अधिकाँश महिलाहरु आफन्तबाटै भारतका कोठीमा पु¥याइने तथ्य पुष्टि भएको उनीहरुले उल्लेख गरे । कोठीबाट फर्किएकाहरुलाई समाजमा स्थापित हुन समस्या हुने गरेकाले उनीहरुको पुनस्र्थापना तथा दैनिक जीवनयापनमा सहजता ल्याउन राहतका प्याकेज तत्कालै उपलव्ध गराउने पर्नेमा सुझाव दिएका छन् ।
नेपाल कानून समाजको आयोजना र द एसिया फाउण्डेसनको आर्थिक सहयोगमा जुममार्फत आयोजित अन्तरक्रियामा महान्यायधिवक्ता कार्यालयका सहन्यायधिवक्ता लोकराज पराजुलीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र माथिको टिप्पणी कर्णाली प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले गर्नुभएको हो ।
कार्यक्रममा कर्णालीका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, उच्च सरकारी वकील कार्यालय सुर्खेत, जुम्लाका सहन्यायाधिवक्ता, जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ताहरु, १० वटै जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख, कानून व्यवसायीहरु, नागरिक समाजका अगुवा गरी ९० जनाभन्दा बढी सहभागी थिए । कार्यक्रमको सञ्चालन नेपाल कानून समाजका कार्यक्रम अधिकृत रेजीना भट्टराईले गर्नु भएको थियो । सहभागीलाई स्वागत नेपाल कानून समाज कर्णाली प्रदेशका प्रमुख÷अधिवक्ता रामबाबु वि.सी.ले गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया