विदाकाे दिनमा पनि निर्वाचन कार्यालय खुल्ने

हुम्ला । जिल्ला निर्वाचन कार्यालय अबदेखि बिदाको दिनमा पनि खुल्ने भएको छ । निर्वाचनको तयारीका लागि काम धेरै गर्नुपर्ने भएकाले बिदामा पनि कार्यालय खुला रहने भएको हो । जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि कार्यालय बिहान ९  बजेदेखि बेलुका ६ बजेसम्म र बिदाको दिनमा पनि खुला रहने बताए ।

उनले कामको चाप बढ्दै जाँदा छोटो समयमा निर्वाचनको धेरै काम गर्नुपर्ने भएकाले कार्यालय समयावधि बढाउनु परेकाे जनाए । आइतबारदेखि यो समय अवधि बढाइएको छ । उनले कार्यालयको समय अवधि बढाउँदा पनि काम नभ्याइने हुँदा बिदाको दिनमा पनि कार्यालय खुला गर्नुपर्ने अवस्था देखिएको बताए ।

हाल मतदाता परिचयपत्र हराएका र नष्ट भएको व्यक्तिलाई पुनः मतदाता परिचयपत्र दिने काम भइरहेको उनले बताए । यहीँ फागुन २० गतेसम्म सम्बन्धित वडाको सिफारिस ल्याएमा परिचयपत्र हराएको वा नष्ट भएका व्यक्तिले अर्को मतदाता परिचय पाउनेछन । त्यसैगरी फागुन १९ गतेपछि मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु हुने र त्यसमा दाबी विराेधको कार्यक्रम पनि सुरु हुनेछ । हुम्ला जिल्लाको मतदाता संख्या ३२ हजार ९८३ रहेको छ

तपाईको प्रतिक्रिया