अटो दुर्घटनाका घाइतेलाई कानून मन्त्री शाहीले गरे उद्दार

सुर्खेत । अटो दुर्घटनामा परेर घाइते भएकालाई कानून मन्त्री हिमबहादुर शाहीले उद्दार गरेका छन् । गृह जिल्ला दैलेखबाट प्रदेश राजधानी वीरेन्द्रनगर आउँदै गरेका आन्तरिक मामिला तथा कानुन मन्त्री शाहीले कर्णाली राजमार्गको ओदालतालमा अटो दुर्घटनामा घाइते दुई जनालाई उद्दार गरेका हुन् ।

वीरेन्द्रनगरबाट बड्डीचौर जाँदै गरेको भे १ ह ७१८ नम्बरको अटो कर्णाली राजमार्गको बाँगेशीमल बड्डीचौर खण्डको बराहताल गाउँपालिकाको ओदालतालमा दुर्घटना भएको थियो । अटो दुर्घटनामा घाइते वीरेन्द्रनगर ४ का २० वर्षीय सीतल विक घाइते भएकी थिइन् । घाईते विकलाई मन्त्री सवार गाडीमा राखेर उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याइएको छ ।

दुर्घटनामा विकका श्रीमान २४ वर्षीय जगत विक पनि घाइते छन् । उनको अवस्था सामान्य रहेको मन्त्री शाहीले जानकारी दिए । सुर्खेत फर्कदै थिए शनिवार राती साढे ८ बजेतिर ओदालतालमा अटो दुर्घटनामा घाइतेहरुलाई उद्दार गरेर अस्पतपाल पुर्याएको शाहीले बताए । प्रहरीले अटो चालक खिमबहादुर बिक र अटोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया