सुर्खेतकाे मंगलगढीमा बन्दकर्ताविच कुटाकुट (भिडियो)

सुर्खेत । विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीसहित ६ राजनीतिक दल र दुुई मोर्चाले गरेको नेपाल बन्दको क्रममा सुर्खेतमा बन्दकर्ताविच नै कुटाकुट भएको छ । वीरेन्द्रनगरको मंगलगढी चोकमा दिउँसो एमसीसी विरुद्ध नारा लगाइरहेका बन्दकर्ताविच कुटाकुट भएको हो ।

कुटाईबाट एक युवक घाइते छन् । उनको नाम भने खुलेको छैन् । मंगलगढीचौकबाट कुट्दै शनिहल लाइन जाने सडकतर्फ लखेटका थिए । प्रहरीले कुट्ने समूहलाई नियन्त्रणमा लिन केही बेर लखेटेको थियो । अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता आइतबार अनुमोदन भएपछि आज नेपाल बन्द गरिएको हो ।

बन्दले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आंशिक प्रभाव परेको छ । बन्दका कारण विहानैदेखि लामो तथा छोटो दुरीका सवारीहरु सञ्चालनमा आएका छैनन् । राजधानीबाट बाहिरिने भित्रने कुनै पनि सवारी नचलेको कर्णाली प्रदेश ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । साथै, राजधानीको बजार पनि ठप्प छ । प्रहरीले नै सवारीहरुमा हुन सक्ने आगजनी तथा भौतिक क्षती रोक्न सवारी चालकहरुलाई सुरक्षा अपनाउन डाइभर्ट गरिरहेको छन् ।

तपाईको प्रतिक्रिया