काठमाडौं । अभिनेत्री रेखा थापाले अभिनेता पल शाहको विवादमा आफ्नो धारणा सार्वजनिक गरेकी छन्। उनले बालिकाहरूले सुरक्षा र अभिभावकत्व पाउनुपर्ने र कानुनलाई नैतिकताका कुराको मतलब हुन नहुने कुरा बताएकी हुन्।
मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, ‘२० वर्षमुनिका छोरीहरू बालिका हुन्। कानुनतः बालिका सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्छन्।’
समाजको भूमिका भनेको उनीहरूलाई संरक्षण गर्ने रहेको भन्दै उनले लेखेकी छन्, ‘कोसँग लभ छ? कति पटक यौन सम्पर्क भयो? यस्ता कुरा कानुनलाई मतलब हुनु हुँदैन।’
साथै नेपाली समाजमा महिलाहरूलाई नैतिक मापदण्डले बाँध्ने र चरित्रमा हिलो छ्याप्ने चलन लज्जाजनक रूपमा व्याप्त रहेको उनको भनाइ छ।
नेपालीरैबार । २०७८ फाल्गुन १८, बुधबार