प्रदर्शनका क्रममा ताेडफाेड गर्ने १६ जना विरूद्ध सार्वजनिक मुद्दा दर्ता

सुर्खेत । साेमबार नेपाल बन्दकाे बेला प्रदर्शनीमा संलग्नमध्य पक्राउ १६ जनालाई सार्वजनिक मुद्दा चलाईएकाे छ । नेकपा विप्लवसहितका ६ दलले गरेको एमसीसीविरुद्धको आन्दोलनबाट सोमबार र मंगलबार प्रहरीले २५ जनालाई प्रहरी नियन्त्रणमा लिइएको थियो ।

यीमध्ये १६ जनालाई सार्वजनिक मुद्दा दर्ता गरिएको छ भने बाँकीलाइ प्रदर्शनमा संलग्न नभएकाे छानविन गरी रिहाइ गरिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए ।

प्रवक्ता घर्तीका अनुसार १४ जनालाई सार्वजनिक शान्तिविरुद्धको कसूर र दुई जनालाई अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएको छ ।

सार्वजनिक मुद्दा चलाइएकाहरुमा वीरेन्द्रनगर १२ का रमेश प्रसाद रेग्मी, वीरेन्द्रनगर ३ का अशोक शाही, वीरेन्द्रनगर ६ का निलेश खड्का, अछामको पञ्चदेवल बिनायक गाँउपालिका ५ का छत्र बहादुर शाही, पञ्चदेवल गाँउपालिका वडा नं ३ का बिनोद बुढा, कालिकोटको सान्नीत्रीवेणी गाँउपालिका ४ का ललितजंग के.सी. रहेका छन् ।

यस्तै, बर्दियाको बाँसगढी नगरपालिका ६ का धर्मराज शर्मा, बाजुराका स्वामी कार्तिक खप्तड गाँउपालिका ४ का पुर्ण कैला, दैलेखको महाबु गाँउपालिका १ का नेत्रबहादुर साउद, गुराँस गाँउपालिका ३ का पूर्णबहादुर शाही, डुङगेश्वर गाँउपालिका ६ का नविनप्रकाश न्यौपाने, दुल्लु नगरपालिका ८ घर भई हाल वीरेन्द्रनगर नगरपालिका ६ बस्ने रमेश बि.क., धादिङको शिद्धलेख गाँउपालिका १ का भेषबहादुर चितौरे मगर र कालिकोटको शुभकालीका गाँउपालिका ४ बस्ने दिलबहादुर शाहीलाई सार्वजनिक शान्तिविरुद्धको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान भैरहेको छ ।

यसैगरी, वीरेन्द्रनगर नगरपालिका ११ बस्ने भक्तबहादुर शाही र सोही स्थानका रत्नबहादुर शाहीलाई अभद्र व्यवहारको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान भैरहेको प्रहरीको भनाई छ 

तपाईको प्रतिक्रिया