प्रेस चौतारीको कर्णाली अध्यक्षमा अधिकारी

सुर्खेत । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको अध्यक्षमा प्रकाश अधिकारी निर्विरोध निर्वाचित भएका छन् । बिहीबार सम्पन्न अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । प्रदेश समितिको उपाध्यक्षद्वयमा ईश्वर अधिकारी र प्रमिला आरसी, महासचिवमा प्रेम सिम्खडा, सचिव खुलामा शेरबहादुर थापा र कालिबहादुर थापा तथा कोषाध्यक्षमा सुशील खड्का चयन भएक छन् । सदस्यहरुमा भने अकबर खान, प्रभा रावत, गीता थापा, अनिल चौधरी, युवराज पंगाली, विनोद कंडेल, सुरेन्द्रज‌ंग शाही, तिलक रिजाल लगायत निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया