एजेन्सी । युक्रेनसँग जारी युद्धका बीच रुसले फेसबुकका साथै ट्वीटर र युट्युबमाथि प्रतिवन्ध गरेको छ । सोशल मीडिया प्लेटफर्महरूले रूसी मिडिया कम्पनीहरू विरुद्ध भेदभावपूर्ण मनोवृत्ति अपनाइरहेकाे आरोप लगाउँदै रुसले प्रतिवन्ध लगाएकाे हाे ।
रूसकाे याे कदमले लाखौं मानिसहरूलाई भरपर्दो जानकारीबाट वञ्चित गरेको खवरमा उल्लेख छ । रूसको सरकारी सेन्सर एजेन्सी रोस्कोमनाद्जोरले बताएअनुसार अक्टोबर २०२० देखि फेसबुकद्वारा रूसी सञ्चार माध्यमविरुद्ध भेदभावका २६ वटा मुद्दाहरू रहेका छन् ।
यसले आरटी र आरआईए समाचार एजेन्सी जस्ता सरकारी समर्थित च्यानलहरूमा पहुँच कम गरेको आरोप रुसकाे छ । मेटाअन्तरगत, फेसबुक र इन्स्टाग्रामको कम्पनीका विश्वव्यापी मामिला प्रमुख निक क्लेगले आफ्नो सेवा पुनर्स्थापित गर्न कम्पनीले आफूले सक्दो गर्ने बताएकी छन । ट्विटरमा पोस्ट गर्दै उनले भनेकी छन्, ‘छिट्टै लाखौं रूसी नागरिकहरू विश्वसनीय जानकारीबाट अलग हुनेछन्, परिवार र साथीहरूसँग सम्पर्क गर्ने आफ्नो दैनिक तरिकाबाट वञ्चित हुनेछन् ।’
मेटाले यूरोपीय भरी नै आरटी र स्पुटनिकलाई प्रतिबन्ध लगाएको उनले बताइन् । मेटाले यी रुसी सरकार नियन्त्रित मिडिया आउटलेटका फेसबुक पेज र इन्स्टाग्राम एकाउन्टहरु पनि डिमोट गरिरहेको थियो । साथै विश्वव्यापी रुपमा फेसबुकमा यी मिडिया कम्पनीहरुसँग लिंक भएका पोस्टहरु पनि छन् ।
युक्रेनसँग युद्ध सुरु भएको दोस्रो दिन फेब्रुअरी २५ मा रुसले फेसबुकमा आंशिक प्रतिबन्ध लगाएको थियो । रुसको राज्य सञ्चालित रोस्कोमनाड्जोरले फेसबुकले आफ्नो मञ्चमा रुसी सरकारी मिडिया आउटलेटका पेजहरुमा प्रतिबन्ध लगाएको आरोप लगाएको थियो ।
रुसबाट प्रतिबन्ध हटाउन माग गरेकाे फेसबुककाे उक्त मागलाई रुसले वास्ता गरेको छैन् । रुसले पहिलो पटक आंशिक रुपमा फेसबुकमाथि प्रतिबन्ध लगाएको थियो र अहिले पूर्ण रुपमा प्रतिवन्ध गरेकाे खवरहरु छन् । हालै रूसले पश्चिमी सोशल मीडिया कम्पनीहरूलाई दबाब दिएको छ । गत वर्ष रुसी रास्ट्रपतिले ट्वीटरलाई मुलुकमा बन्द गरेका थिए । उनले ट्वीटरले अवैध सामग्री हटाउन नसकेको आरोप लगाएका थिए ।
एजेन्सीहरुकाे सहयाेगमा
एजेन्सी । २०७८ फाल्गुन २१, शनिबार