कार्य सम्पादनमा कर्णालीकै पहिलो पालिका बन्यो सिमकोट

सुर्खेत । कार्य सम्पादन मुल्यांकनमा कर्णालीका ७९ पालिकालाई उछिन्दै हुम्लाको सिमकोट गाउँपालिका प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरणमा कर्णालीमा सिमकोट गाउँपालिका पहिलो भएको हो । यो गाउँपालिकाले ७५ दशमलव ३१ अंक ल्याएको छ ।

फायल तस्वीर ।

आयोगले तय गरेको १७ ओटा सुचकका आधारमा कार्य सम्पादन मूल्यांकन गरेर नतिजा सार्वजनक गरेको हो । सार्वजनिक नतिजामा दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले दोस्रो भएको छ । यो पालिकाले ७४.५६ अंक प्राप्त गरेको छ ।

यस्तै, तेस्रो स्थानमा भने कालिकोटको शुभ कालिका गाउँपालिका छ । यो पालिकाले ७०.४६ अंक प्राप्त गरेको छ । आयोगको सिफारिसमा वितरण गरिने वित्तीय समानीकरण अनुदान भित्र समावेश भएका कार्य सम्पादनमा आधारमा अनुदान दिँदै आएको छ ।

यी हुन कार्यसम्पादन सूचक
गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा र नगर सभामा पेश गरे वा नगरेको ।

गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा र नगरसभामा पेश गरी असार मसान्तभित्र पारित गरे वा नगरेको ।

स्थानीय तहले घर जग्गा रजिस्ट्रेशन शुल्क, मनोरञ्‍जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्‍चित कोषमा जम्मा गरे वा नगरेको ।

स्थानीय तहले आगामी आ.व.को लागि आय व्ययको प्रक्षेपण गरिएको तथ्याङ्‍क सहितको विवरण चालु आ.व.को पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे वा नगरेको ।

स्थानीय तहले बजेट कार्यान्वयनको वार्षिक समिक्षा गरी तत्सम्बन्धी विवरण प्रत्येक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गरे वा नगरेको ।

स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रको राजस्व परिचालन गरेको अवस्था ।

स्थानीय तहको गत आ. व.को विनियोजित रकम अनुसार खर्चको अवस्था ।

गत आर्थिक वर्ष भन्दा अघिल्लो आ. व. को अन्तिम लेखापरिक्षणबाट औल्याएको बेरुजुको अवस्था ।

म.ले.नि.का.ले प्रयोगमा ल्याएको स्थानीय सञ्‍चित कोष व्यवस्थापन प्रणालीको प्रयोग स्थानीय तहहरुले पूर्ण रुपमा गरी आवश्‍यक विवरण प्रविष्ट गरे वा नगरेको ।

स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा स्थानीय स्तरको विकासका लागि आवधिक योजना तर्जुमा गरे वा नगरेको ।

कक्षा १ देखि ८ सम्मको औषत खुद विद्यार्थी भर्ना दर ।

कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर ।

सामुदायिक विद्यालयबाट कक्षा १० को परिक्षामा सहभागी कुल विद्यार्थी संख्याको तुलनामा कम्तीमा “डी” वा सो भन्दा उच्च ग्रेडसहित उतिर्ण विद्यार्थीको प्रतिशत ।

चार ९४० पटक गर्भ जाँच गर्ने महिलाको अनुपात ।

कुल प्रजनन संख्यामध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात प्रतिशत ।

पूर्ण खोप विसिजी, पोलियो,डिपिटि, हेपाटाइटिस,दादुरा रुवेला,जापनिज इन्सेफिलाइटिस,सुविधा लिएका २४ महिनासम्म उमेर समूहका बालबालिकाको अनुपात प्रतिशत ।

कुन पालिकाकाे अंक कति ?

तपाईको प्रतिक्रिया