काठमाडौँ । बिहान उठ्ने बित्तिकै खाली पेटमा एक/डेढ गिलास पानी पिउने । यसले वजन घटाउन मद्दत गर्नुका साथै दिमागमा पर्याप्त ऊर्जा दिन्छ । जसका कारण दिनभर सक्रिय हुन सहयोग मिल्छ ।
चिया वा कफी खानुभन्दा अगाडि आधा वा एक गिलास पानी पिउनै पर्छ । यसले शरीरमा एसिडको असर र वजनलाई नियन्त्रण गर्छ । नास्ता गर्नु भन्दा करिब एक घण्टा अगाडि वा नास्ता गरेको एक घण्टा पछि १ गिलास पानी पिउने ।
बिहान वा बेलुका खाना खानुभन्दा भन्दा २० मिनेट पहिले १ गिलास पानी पिउने । यसले ओभर डाइटिङबाट बचाउँछ र तौल घटाउँछ । सुत्नु भन्दा केही घण्टा पहिला एक गिलास पानी पिउने ।
यसरी पानी पिउँदा खाना पछि केही खान मन लाग्दैन र बिहान उठ्दा शरीरमा रहेका हानिकार तत्त्व पानीसँगै बगेर जान्छन् । दिनमा एकै पटक ऊँटले जस्तै एकै पटक धेरै पिउन भन्दा पनि दिनभरमा नौ/दश पटक थोरै-थोरै पानी पिउने ।
यसरी पिउँदा शरीरमा पानीको मात्रा सन्तुलित हुन्छ र तौल समेत घट्छ । दिउसो सोडा पानी वा जुस पिउनुको सट्टा सादा पानी नै पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ । यसले शरीरमा सुगरको मात्रा घटाई तौल घटाउन सहयोग गर्छ । दिउसो हल्का भोक लागेको समयमा हल्का तातो पानीको चुस्की लिँदा तौल घटाउन सहयोग मिल्छ ।
नेपालीरैबार । २०७८ फाल्गुन २७, शुक्रबार