चुनावमा शक्ति पर्दशन स्थापित गर्ने बाटो तय गरेका छौं : लिङ्देन

वीरेन्द्ननगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीयतहको चुनावमा शक्ति पर्दशनमा रुपमा पार्टी स्थापित गर्ने बाटो तय गरेको बताएका छन् । पार्टीले आयोजना गरेको आमसभालाई सम्बोन्धन गर्न सुर्खेतमा आएकालिङ्देनले शनिबार सुर्खेत विमानस्थलमा पत्रकारसँग भेटघाट गदै यस्तो बताएका हुन् ।

अध्यक्ष लिङ्देनले चुनावको तयारी राप्रपाले शक्ति प्रदशनको रुपमा स्थापित गर्ने हिसाबका बाटो तय गरेको बताए । उनले भने ‘भ्रष्टाचार स्थानीयतह सम्म आई पुगेको छ ।, त्यसैले भ्रष्टाचार रहित स्थानिय तहको रुपमा विकास गराउँनको लागि राप्रपा पनि चुनाव लक्षीत भएको छ ।’

लिङ्देनले अगाडी थपे , ‘यसपालिको निर्वचानमा स्थानित तहमा उच्च शिक्षा, संस्कारको राजनीति सिकाउँने लगायतका विषयमा हाम्रो पार्टी अगाडी बढेको छ ।’ अध्यक्ष लिङ्देनले आफ्नो पार्टीविभाजनको कुनै रुपमा लिएको र राजनीतिलाई पेशा व्यवसाय ठान्नेहरु बाहिरीने र भित्रीने दुईटा धुर्विकरण रहेको समेत उल्लेख गरे ।

यस्तै, राप्रपा अध्यक्ष लिङ्देनसहित पुर्व अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष एवं पुर्व मन्त्री बिक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री एवं नेपालगन्ज उपमहानगरपालिका मेयर धवलसम्शेर राणा, महामन्त्री कुन्ती शाही लगायतका नेताहरु सुर्खेत आएका हुन् ।

तपाईको प्रतिक्रिया