हुम्लाको सिमकोट तल्लो गाउँमा आगलागी

सुर्खेत । हुम्लाको सदरमुकाम सिमकोटस्थित तल्लो गाउँमा आगलागी भएको छ । शनिबार दिउँसो चार बजे तिरको समयमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार उक्त आगलागीबाट कुनै मानवीय क्षती नभएको तर, एयटा गोठ र गोठमा भएको दाउरा जलेर नष्ट भएको बताएको छ ।

हुम्लाका डिएसपी हेरम्भ शर्माले सिमकोट–५ तल्लो गाउँमा आगलागी भएको र हाल आगो नियन्तणमा आइसकेको नेपालीरैबारलाई जानकारी दिए ।

शर्माका अनुसान आगलागिबाट बसन्त रोकायाको खर र दाउरा तथा पदम रावतको र चक्र रावतको दाउरासमेत जलेर नष्ट भएको छ भने स्थानीय, प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगलागि नियन्त्रणा लिएको बताए ।

आगो कसरी लाग्यो भन्ने बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया