भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

वीरेन्द्रनगर । सुर्खेतको भेरी नदीमा नुहाउँने क्रममा तीन जना बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाट स्थित रानिवगर घाट भेरि नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका हुन् ।

शनिबार साँझ ५ बजेको समयमा उनिहरु नुहाउने क्रममा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । स्थानीयका अनुसार बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीय गंगा खड्का, ८ वर्षीय कृष्णा सिजालि र १० वर्षीय दिनेश बुढा रहेका छन ।

हाल प्रहरीका अनुसार बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजीकार्य जारी राखेका छन् ।

तपाईको प्रतिक्रिया