प्रेस चौतारी नेपालको सचिवमा विष्णु शर्मा चयन

सुर्खेत । नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयन भएको छ । पोखरामा भएको चैतारीको नवौँ महाधिवेशनमा कर्णाली प्रदेशबाट सचिव पदमा दैलेखका विष्णु शर्मा चयन भएका छन् ।

कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा गोविन्द देव भारती, आकाशतारा वयक, कालिबहादुर मल्ल, नरेश भण्डारी, जीवन सेजुवाल, त्रिभुबन बिसी, मनिषा केसी, कोमल शाही र पञ्चमी रेग्मी सर्वसम्मत चयन भएका छन ।

यस्तै, केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा नवराज महतरा चयन भएका छन् ।

तपाईको प्रतिक्रिया