सुर्खेतमा विषादी सेवनबाट एक गम्भीर बिरामी

सुर्खेत । सुर्खेतमा २३ वर्षीया एक किशोरीले विषादी सेवनबाट गम्भीर बिरामी परेकी छिन् । जिल्लाको गुर्भाकोट नगरपालिका–६ रातामाटाकी २३ वर्षीय पुजा विक रहेको प्रहरी चौकी मेहेलकुनाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आइतबार दिउँसो साढे १२ बजेको समयमा नाम नखुलेको बिषादी सेवनबाट विक गम्भीर बिरामीमा परेकी हुन् । हाल उनको उपचार कर्णाली प्रदेश अस्पताल कालागाउँमा भइरहेको आफन्तको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया