दैलेखमा १६ वर्षीय किशोरीले गरिन् आत्महत्या

वीरेन्द्रनगर । दैलेखमा १६ वर्षीय एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् । सोमबार दिउँसो साढे १ बजेको समयमा उनले आत्महत्या गरेकी हुन् ।

प्रहरी चौकी तल्लोडुंगेश्वर दैलेखका अनुसार आत्महत्या गर्ने गुराँस गाँउपालिका–२ का तेजबहादुर शाहीको घरमा भाडामा बस्ने बलबहादुर रावलको १६ वर्षीय किशोरी मिना रावल रहेकी छन् ।

किशोरीले मिनाले आफु बस्ने कोठाको पङखामा आफ्नै सलको पासो लगाई झुण्डिए आत्महत्या गरेको खबर स्थानीयले प्रहरीलाई गरेका थिए । उक्त खबर पाउँना वित्तिकै चौकी तल्लोडुंगेश्वरबाट प्रहरी टोली खटिएर थप अनुसन्धान गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया