भाग्यभन्दा कर्ममा विश्वास राख्ने दिपक

सुर्खेत । भनिन्छ मेहनत गर्ने मान्छेले सफलतालाई आफ्नो दास बनाएरै छाड्छ । जो कर्ममा निरन्तर लाग्छ उसलाई भाग्यले पनि साथ दिन्छ । यसैको एक उदाहरण हुन् दीपक रोकाय । २०५० सालमा साविकको कालभैरव–२, दैलेखमा बुवा धनबहादुर रोकाय र आमा नैनकला रोकायको कोखबाट जेठो सन्तानको रुपमा जन्म लिएका दीपक एक पौरखी युवा हुन् । मध्यम परिवारमा जन्मेका दीपक सानै उमेरदेखि व्यापारमा होमिएर ।

उनी कर्णालीका सफल युवा व्यवसायीको परिचय बनाउँन सफल बनेका छन् । व्यवसायबाट नै जीवन सफल बनाउँन सकिन्छ भन्ने मान्यता राख्ने उनी परोपकारी कार्यमा पनि संलग्न छन् । १० वर्ष अघि पाँच हजारको लगानीबाट सुरु भएको उनको व्यापार यात्रा अहिले ४ वटा मल्टिविजनेश कम्पनीका साथ करोडका मालिक बन्न सफल भएका छन् ।

प्रस्तुत छ प्रदेश रैबार साप्ताहिकका लागि रैबारकर्मी ओम शाहीले क्रिष्टिना साइनिङ्ग फर्निचर उद्योग, स्नेहा मल्टीविजनेश ग्रुप र मनिषा कोल्ड स्टोरका निर्देशक दीपक रोकायसँग जीवनका उतार चढावका बारेमा गरेको कुराकानीको सम्पादित अंशः–

संघर्षशिल बाल्यकाल
मध्यम परिवारमा जन्मेका दीपकको बाल्यकाल संघर्षमै बित्यो । आर्थिक अवस्था कमजोर भएकै कारण पढाई पुरा भएन । नयाँ कपडा लगाउन, मिठो मसिनो खान चाडपर्व नै पर्खिनु पर्ने हुन्थ्यो । अभावका बिचमा आफ्नो बाल्यकाल बितेको दीपक सम्झन्छन् ।

व्यवसायिक यात्रा
पाँच वर्षअघि सानो लगानीबाट मनिषा कोल्ड स्टोरबाट व्यवसायीक यात्रा सुरु गरेका थिए । अहिलेको अवस्थामा आइपुग्न जग खडा भएको हो । हाल मैलै २५ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छु । म आफ्नो व्यवसायबाट सन्तुष्ट छु ।

सफल व्यवसायी भन्दा कस्तो लाग्छ ?
सफलै त नभनौं तर व्यापारबाट सन्तुष्ट छु । मैले आजसम्म गरेका व्यवसायिक प्रयासहरु असफल भएका छैनन् । म केही कुराको सुरुवात गर्नुपूर्व गहन भएर अवसर र चुनौतीको खोजि गर्छु । मैले कुनै पनि काम गर्न सक्दिन जस्तो लाग्दैन । लगानी, बजारको माग, कच्चा पदार्थको सहज उपलब्धता लगायतका विषयमा सम्भावनाको खोजि गरेर मात्र लगानीको वातावरण तयार गर्दछु । त्यसैका कारण पनि सफल भनिएको होला जस्तो लाग्छ ।

व्यवसायमा सफल हुन के गर्नु पर्छ जस्तो लाग्छ नी ?
खासमा व्यवसाय भनेको जोखिमको भकारी हो । हरेक परिस्थितिमा जोखिम मोल्नु पर्ने हुन्छ । सर्वप्रथम व्यापारमा लाग्नुभन्दा पहिला आफूले गर्न लागेको व्यवसायको भविष्य के छ ? उत्पादन भएका वस्तुको बजार माग के छ ? त्यसलाई सहजरुपमा बजार पु¥याउन सकिने अवस्था के छ ? लगानी कति लाग्छ ? आफूले त्यो लगानी जुटाउन सकिन्छ की सकिदैन लगायतका कुराहरुको बारेमा स्पष्ट हुन जरुरी छ । अर्को कुरा कम्पनी व्यवस्थापनको पाटोलाई पनि ध्यान दिनुपर्ने हुन्छ ।

आर्थिक कारोवार चुस्त राख्नु पर्दछ । कम्पनीलाई आवश्यक पर्ने दक्ष कर्मचारी उपलब्धताका बारेपनि स्पष्ट हुन जरुरी हुन्छ । माथि उल्लेखित कुराहरु ध्यानमा राखेर अगाडि बढ्ने हो भने व्यवसायमा शत् प्रतिशत सफल हुन सकिन्छ यसमा कुनै दुई मत छैन ।

व्यवसायमा लाग्न चाहने युवाहरुलाई तपाईको सुझाव के हो ?
सर्वप्रथम त आफू पूर्णरुपमा तयार हुनुस् । आफै केही गर्ने अठोट लिनुस् । लगानीको स्रोत जुटाउनुहोस् । सही ठाउँमा लगानी गर्ने वातावरण तयार गर्नुस । मेहनत गरेर अगाडि बढ्नुहोस । सफलताले तपाईलाई पिछा गर्नेछ ।

के राजनीतिमा पनि रुचि राख्नु हुन्छ ?
म राजनीतिमा पनि संलग्न छु । नेपाली कांग्रेस तरुण दल सुर्खेतको सदस्यको भुमिकामा छु । आउँदो सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचनमा पद नै त नभनि हालौं तर निर्वाचनमा उम्मेदवारी दिने विचारमा छु हेरौं समयले कता लैजान्छ । व्यवसायिक नीति परिवर्तनका लागि भएपनि युवाहरु नेतृत्वमा पुग्नु पर्दछ भन्ने मेरो मान्यता हो । पुरानाबाट सिक्दै रचनात्मक सल्लाहका साथ अगाडि बढ्नु राम्रो हुन्छ भन्ने मेरो मान्यता पनि हो ।

फुर्सदमा के गर्न मन पराउनु हुन्छ नि ?
व्यवसायी भएका कारण पनि फुर्सद त प्रायः हुँदैन । फुर्सको समयमा नयाँ ठाउँ घुम्न मन लाग्छ । दैनिक व्याम गर्न मन पराउँछु । गीत संगित सुन्ने । युट्युव लगायत सामाजिक संजालमा समसामयिक विश्व घटना हेर्ने गर्दछु । व्यवसायीक छलफलमा भाग लिन मन लाग्छ । बाँकी रहेको समयमा पारिवारिक जमघट तथा साथी भाईसँग गफगाफमा समय बिताउन मन लाग्छ ।

भावि योजना के छ ?
भावि योजना चै खजुरामा करिव पाँच करोड लगानीमा स्नेहा फुड इन्डिष्ट्री निर्माणको कार्य गरिरहेको छु । खाद्य सामाग्री कर्णालीका १० वटै जिल्लामा पु¥याउने लक्ष्य राखेको छु ।
जसबाट २० जनाले प्रत्यक्ष र अप्रत्यक्ष रोजगगारीमा जोडिने छन् । हेरौं प्रतिफल कस्तो आउँछ ?

तपाईको प्रतिक्रिया