अराजक आन्दोलनले असुरक्षीत वीरेन्द्रनगर

आफ्नै ‘विट’ किन जोगाउन सक्दैन सुर्खेत प्रहरी ?

सुर्खेत । घटना नं. १ : गत वर्ष कालिकोटका भुपेन्द्र सिंहलाई टिप्परले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भयो । कालिकोट घर भएका सिंहको मृत्युपछि सिंहका आफन्तहरु आन्दोलनमा उत्रिए । प्रहरीको सुरक्षा लापरवाहीका कारण आन्दोलन झडप र तोडफोडको स्थितिमा पुग्यो ।

उचित क्षतिपुर्ति दिनुपर्ने माग राख्दै गरिएको आन्दोलन हिंसात्मक तोडफोडमा परिणत भएको थियो । वीरेन्द्रनगरका संवेदनशील क्षेत्र मानिने यरीचोक, वीरेन्द्रचोक र मंगलगढीमा सार्वजनिक तथा निजी सम्पत्तीहरुमा तोडफोड भयो । यी क्षेत्रमा राखिएका प्रहरीका विटलाई आन्दोलनकारीले जलाई दिए ।

प्रहरीले सार्वजनिक तथा निजी सम्पत्तीमा सुरक्षा त दिन सकेन नै आफ्नै प्रहरी विट पनि जोगाउन सकेन । शान्तिपूर्ण आन्दोलन भनिए पनि अराजक तत्वका कारण वीरेन्द्रगरका विभिन्न क्षेत्रमा लगाइएका सिसि क्यामेरा, फोहोर राख्ने डस्विन, ट्राफिक चिन्ह लगायत नीजि भवनका सिसा फुटाइयो । जसले ठूलोे क्षति भयो तर जिल्ला प्रशासन कार्यालय र प्रहरी निरिह बनेर मुकदर्शक बन्न पुग्यो ।

घटना नं. २ : गत फागुन १६ गते संसदबाट एमसीसी पास भएको विरोधमा विभिन्न ६ राजनीतिक दल मिलेर बन्दको आव्हान गरे । शान्तिपूर्ण विरोध प्रर्दशन भनिएपनि प्रर्दशनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरे भने प्रहरीले दमन ग¥यो । उत्तेजित भीडले मंगलगढी र यरीचोकमा रहेका प्रहरी बिट पुनः जलाए भने नीजि भवनहरुमा समेत तोडफोड भयो ।

यो घटनामा पनि प्रहरीले सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न सकेन । जसका कारण नेपाली काँग्रेसको कार्यालयको झ्यालका सिसा फोडिए । सुर्खेत उद्योग वाणिज्य संघको डिजिटल बोडमा क्षती पु¥याउनुका साथै नेकपा एमाले सुर्खेतको पार्टी कार्यालय जलाउने प्रयास गरियो ।

घटना नं. ३ : नेपालगन्जदेखि सुर्खेततर्फ आइरहेको ट्रकमा सवार कालिकोट तिलागुफा नगरपालिका-३ का मिनि हमाललाई गत फागुन २० गते प्रहरीले मदिरा सेवन गरेको नाममा निर्घात कुटपिट गरेको भन्दै उनका आफन्तले आरोप लगाए । हमालको प्रहरीद्वारा हत्या गरिएको आरोप लगाउँदै उनका आफन्त आन्दोलनमा उत्रिए ।

प्रहरीप्रति आक्रोशित उनका आफन्तले सार्वजनिक सम्पत्ति माथि तोडफोड गरे । तोडफोडकै बाटो समाते । आन्दोलनका क्रममा वीरेन्द्रचौकमा राखिएको प्रहरी विट नै प्रदर्शनकारीले तोडफोड र आगजनी गरे । उग्र आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज र अश्रुग्याँस समेत प्रहार ग¥यो । उक्त अराजक आन्दोलनकारी समूहले यरिचोकमा ड्यूटीमा खटिएका प्रहरी निरिक्षक कनकबहादुर शाहीको नेतृत्वमा रहेको २१ जनाको टिममाथि तीन तिरबाट आक्रमण ग¥यो । यद्यपी पश्चिमतर्फको आन्दोलनकारी समूहको संयमताका कारण कैलालीको ‘टिकापुर घटना’ दोहोरिएन ।

उल्लेखित घटना प्रतिनीधिमुलक घटनाहरुमात्र हुन् । पछिल्ला केही वर्ष यता प्रदेश राजधानी वीरेन्द्रनगरमा हुने यस्ता घटनाले अशान्त वातावरण मात्रै हैन् नागरिक र सरकारी सम्पत्तीमा ठूलो क्षती पु¥याउने गरेको छ । राजधानीमा सुरक्षा निकायका सबै अंग तैनाथी अवस्थामा छन् ।

जिल्ला प्रशासन कार्यालय, प्रदेश प्रहरी तथा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धानको टोली वीरेन्द्रनगरमा परिचालित छ । तर सामान्य घटनामा सुरक्षा निकायका अंगले हुन सक्ने सम्भावित घटनाहरुको सही सूचना सम्बन्धित निकायलाई दिन नसक्दा अराजग प्रदर्शनकारीको समूहले तोडफोड मै उत्रिने प्रवृतिका कारण वीरेन्द्रनगर असुरक्षित शहरमा परिणत हुँदै गएको छ ।

प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयदेखि भण्डै २ किलोमिटर क्षेत्रभित्रै तोडफोड तथा हिंसात्मक गतिविधिले प्रशय पाउनु र यसको नियन्त्रण हुन नसक्नु सुरक्षा निकायको असफलता भएको स्थानीयको ठम्याइँ छ । यता, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले सुरक्षा संयन्त्रक सक्रिय नभएको कारण नीजि क्षेत्रले समस्या भोग्नु परेको गुनासो गर्छन ।

उनी भन्छन्, ‘कम्तिमा सुरक्षा संयन्त्रले घटना पश्चात हुनसक्ने सम्भावित परिणामको आंकलन गर्न सक्नुपथ्र्यो तर त्यतातर्फ खासै ध्यान दिन सकेको पाइएन । यसले राजधानी शहरमा सुरक्षा जोखिम बढदै गएको देखिएको छ ।’ अराजक समुहले गर्ने आन्दोनलले यहाँका व्यापारीहरुले सबैभन्दा बढी तनाव व्यहोर्नुपर्ने अवस्था आएको उनको भनाई छ । निरन्तरका आन्दोलनले व्यापार त चौपट नै भएको छ त्यो भन्दा बढि आन्दोलनकारीको आक्रमणमा परेर घाईते भइने हो कि भन्ने त्रास रहेको संघका अध्यक्ष रावत बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले कुनैपनि आन्दोलनलाई सामान्य भन्न नमिल्ने बताए । उनले भने, ‘शान्ति सुरक्षा अमनचयन कायम गर्न हामी लागिरहेका छौं । केहि उच्छृङ्खल तत्वका कारणले प्रहरी विट जलेका हुन । विट मात्रै होइन सडकमा राखिएको ट्राफिक सिंगल समेतमा क्षति हुँदै आएको छ ।’

आन्दोलनका क्रममा अराजक तत्व धेरै हुन सक्ने भएकाले कानूनको परिपालना सबैले गरिदिन उनको आग्रह छ । ‘कानून सबैले मान्नुपर्छ । कुनै मान्छेले लुकिछिपी सार्वजनिक स्थानमा क्षति पु¥याउँछ तर हामीले संयमता अपनाएकै कारणले ठूलो घटना घटेको छैन,’ दावी गर्दै प्रवक्ता घर्तीले भने, ‘सुरक्षा गर्दागर्दै पनि विट जोगाउन नसकेको स्वीकार त गर्नै प¥यो ।’ आन्दोलनका नाममा अराजक गतिविधि गर्नेहरुको पहिचान गरेर उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनअनुसार कारवाही गरेको दावी गरेको छ ।

तपाईको प्रतिक्रिया