स्वर्गीय पत्रकार वलीको परिवारलाई बिजी एफएमको सहयोग

सुर्खेत । स्वर्गीय पत्रकार तथा संचारकर्मी देवेन्द्र वलीका परिवारलाई रेडियो बिजी एफएमले बुधबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । गएको माघ २० गते गुर्भाकोट ४ सहारे निवासी २७ बर्षीय पत्रकार वलीको उपचारका क्रममा मृत्यु भएको थियो ।

बुधबार स्वर्गीय वलीका धर्मपत्नि धनसरी वलीलाई रेडियो बिजी एफएमका स्टेशन म्यानेजर टेकेन्द्र बस्यालले पचपन्न हजार पाँच सय ५५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

यस्तै, एफएमका पुर्वी समाचार प्रमुख समेत रहेका वली परिवारलाई आर्थिक सहयोगका रुपमा रेडियाले उक्त रकम हस्तान्तरण गरेको हो । यसैबिच रेडियोले स्वर्गीय पत्रकार वलीको सम्झनामा देवेन्द्र वली स्मृति प्रतिक्षालय निर्माणमा सहयोग गर्ने, परिवार र बच्चाहरुमा आर्थिक सहयोग कार्यक्रमलाई निरन्तरता दिने रेडियोले प्रतिवद्धता जनाएको छ ।

मृतक वलीको दुई सन्तान रहेका छन् । आमसंचार तथा पत्रकारितामा स्नातोकर अध्ययन गरेका वली विगत ५ बर्षदेखि पत्रकारितमामा क्रियाशील थिए ।

तपाईको प्रतिक्रिया