परिवार दलको प्रवक्तामा दैलेखका रुपसिंह भण्डारी

सुर्खेत । नेपाल परिवार दलको केन्द्रिय प्रवक्तामा रुपसिंह भण्डारी नियुक्त भएका छन् । मंगलबार काठमाडौँमा अध्यक्ष एकनाथ ढकालको अध्यक्षमा बसेको दलको केन्द्रिय कार्यसमितिको बैठकले युवानेता भण्डारीलाई प्रवक्ता चयन गरेको हो ।

दैलेखका भण्डारी दलको सह-महामन्त्री समेत हुन् । उनले त्रिभुवन बिश्वबिद्धालयबाट स्नातकोत्तर तथा एमफिल गरेका छन् । युवाहरुबीच लोकप्रिय भण्डारी संविधान सभाको निर्वाचनमा समेत परिवार दलको तर्फ वाट उम्मेदवार थिए ।

प्रवक्ता भण्डारीले दलले दिएको जिम्मेवारी पुरा गर्न आफुले कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया