‘कर्णाली सरकारले खेलकुदको विकासमा सहयोग गर्छ’

सुर्खेत । कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले खेलकुदको विकासका लागि सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले वीरेन्द्रनगरमा आयोजित खेलकुद पत्रकार अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री विष्टले पूर्वाधार विकासले मात्रै खेल क्षेत्र अघि नबढ्ने भन्दै खेलाडीहरू उत्पादनमा पनि जोडदिनु पर्ने बताए ।

प्रदेश सरकार नयाँ बजेट निर्माणको क्रममा रहेकोले खेलकुदको क्षेत्रलाई प्राथमिकताका साथ बजेटमा समेटिने उनको भनाई छ । संचारकर्मि संगको अन्तरक्रियामा मन्त्री विष्टले खेल क्षेत्रको विकासमा संचारक्षेत्रको पनि भुमिका महत्वपुर्ण रहेको बताएका छन ।

यस्तै, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सन्जयालले खेलकुदको क्षेत्रमा समेत कलम चलाउन सञ्चारकर्मि संग आग्रह गरे ।

तपाईको प्रतिक्रिया