दैलेखमा एमाले अधिवेशन : एकसय मतगणना गर्दा शर्मा अगाडी

सुर्खेत । नेकपा (एमाले) दैलेखको सातौं अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सकिएको छ । बुधबर बिहान ८ बजेबाट शुरू भएको मतदान प्रक्रिया सकिएको हो ।

एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहका अनुसार बिहान ८ बजेदेखि शुरू भएको मतदान प्रक्रिया दिउँसो २ बजे सकिएको जानकारी दिए ।

उनका अनुसार मतदान प्रक्रिया सकिएसँगै साढे ४ बजेबाट मतगणना शुरू समेत भएको छ । अध्यक्षका लागि एमाले दैलेखको अध्यक्षका लागि क्षेत्र नं.–२ बाट सूर्यबहादुर शाही छन् भने क्षेत्र नं.–१ बाट निवर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा रहेका छन् ।

दैलेखमा जिल्लाभरबाट प्रतिनिधि (मतदाता) संख्या ७२१ मध्य ६८४ मत खसेको छ । यो समाचार तयार पर्दा सम्म एकसय मत गणना गर्दा  अध्यक्षमा उम्मेदवार रवीन्द्रराज शर्माको ६४ र सूर्यबहादुर शाहीले ३४ मत प्राप्त गरेका छन् । अधिकांश स्थानीय तहबाट समावेशीबाट दलित आरक्षण तथा भूगोलतर्फका जिल्ला कमिटी सदस्यहरू सर्वसम्मत भइसकेका छन् ।

गत पुसमा भएको अधिवेशन अन्तर्गत निर्वाचनमा प्रतिनिधिको संख्या भन्दा ३१ मत बढी भेटिएका थिए भने ७२१ मतदाता मध्ये ७ सय १७ मत खसेको थियो । तर मतपेटिका खोलेर गन्दा ७४८ मत भेटिएपछि निर्वाचन प्रक्रिया रद्द गरिएको थियो ।

तपाईको प्रतिक्रिया