फाइबर काटिएपछि सल्यान र रुकुममा टेलिकमकाे फाेन सेवा बन्द

सुर्खेत । दाङमा नेपाल टेलिकमकाे फाइबर काटिएपछि तीन जिल्लाकाे फाेन र इन्टरनेट सेवा अवरुद्ध भएकाे छ । फाइबर काटिएपछि सल्यान, रुकुमपश्चिम र जाजरकाेट जिल्लाकाे फाेन र इन्टरनेट सेवा बुधबार साँझ ५ बजेबाट नेपाल टेलिकममा सबै सेवा अवरुद्ध भएको हो ।

दाङकाे घाेराइबाट तुलसीपुरहुँदै सल्यान ल्याइएकाे फाइबर घाेराइ र तुलसीपुरकाे विच भागमा काटिएकाे नेपाल टेलिकम सुर्खेतका प्रमुख सन्ताेष शर्माले नेपालीरैबारलाई जानकारी दिए । उनकाअनुसार फायबर सडक खन्ने क्रममा डाेजरले चुडाएकाे र काटिएकाे क्षेत्र भेटिएकाले प्राविधिकसहितकाे टाेली मर्मतका लागि खटिएकाे छ । नेपाल टेलिकमको फाईवर काटिदा सल्यान सदरमुकामसहित केही क्षेत्र, रूकुम पश्चिम र जाजरकोट जिल्लाका केहीँ स्थानमा सेवा अवरुद्ध भएको नेपाल टेलिकम सुर्खेतका प्रमुख शर्माले बताए ।

तपाईको प्रतिक्रिया