एमाले दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा निर्वाचित

सुर्खेत । नेकपा (एमाले) दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा निर्वाचित भएका छन् । सातौं जिल्ला अधिवेशन अन्तरगत नयाँ नेतृत्वका लागि बुधबार भएको निर्वाचनबाट अध्यक्षमा रविन्द्रराज शर्मा निर्वाचित भएका हुन् ।

शर्माले जम्मा खसेको ६८४ मत मध्ये ४१४ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् भने उनका प्रत्यासी सुर्यबहादुर शाहीले  २६३ मत प्राप्त गरेका छन् ।

बुधबर बिहान ८ बजेबाट शुरू भएको मतदान प्रक्रिया दिउँसो २ बजे सकिएको थियो । अध्यक्षका लागि एमाले दैलेखको अध्यक्षका लागि क्षेत्र नं.–२ बाट सूर्यबहादुर शाही छन् भने क्षेत्र नं.–१ बाट निवर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा चुनावी मैदानमा उत्रिएका थिए ।

कुल ७२१ मत मध्य ६८४ मत खसेको थियाे । गत पुसमा भएको अधिवेशन अन्तर्गत निर्वाचनमा प्रतिनिधिको संख्या भन्दा ३१ मत बढी भेटिएका थिए भने ७२१ मतदाता मध्ये ७ सय १७ मत खसेको थियो । तर मतपेटिका खोलेर गन्दा ७४८ मत भेटिएपछि निर्वाचन प्रक्रिया रद्द गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया