सुर्खेतका कैदीबन्दीलाई होली विषेश उपहार

सुर्खेत । सुर्खेत कारागारका कैदीबन्दीलाई होली विषेश उपहार सामाग्री वितरण गरिएको छ । बिहीबार वीरेन्द्रनगर युवा क्लबले कैदीबन्दीहरूलाई होली खेल्नका लागि आवश्यक सामग्रीहरू वितरण गरेको हो ।

क्लबका अध्यक्ष निराजन ढकाल, कार्यक्रक संयोजक दिनेश ढकाल, क्लबका सदस्य घनश्याम केसी र सन्तोस विष्टको टोलीले कारागारमा एक कार्यक्रमको आयोजना गरेर सहयोग सामग्री कारगारका नाइके निरज बस्नेतलाई प्रदान गरिएको छ ।

होली विषेश सामाग्रीहरूमा ६० वटा भन्दा बढी टिर्सट लगायतका अन्य जिन्सी सामाग्री वितरण गरिएको क्लबका कार्यक्रम संयोजक दिनेश ढकालले जानकारी दिए ।

कैदीबन्दीहरुको होली खेल्ने चाहना पूरा गर्नका लागि होली विशेष सामाग्री वितरण गरिएको क्लब जनाएको छ भने क्लबले यस्ता सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता पनि जनाएको छ ।

यस्तै, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पन्न अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको अवसर पारेर क्लबले गत फागुन २६ गते पनि कैदीबन्दीहरुलाई खेलकुद सामग्री वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया