भेरीमा बेपत्ता बालबालिकाको शव भेटियो

वीरेन्द्रनगर । सुर्खेतको भेरी नदीमा बेपत्ता भएका तीनै जना बालबालिकाको शव भेटिएको छ । फागुन २८ गते भेरिगंगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीनै जना बालबालिका नदीमा बगेर बेपत्ता भएका थिए ।

उक्त तीनै जनाको शव भेरी नदीको विभिन्न स्थानबाट भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार बिहीबार भेरीगंगा नगरपालिका–११, का १० वर्षीया गंगा खड्का र ८ वर्षीय कृष्णा सिंजालीको शव भेटिएको हो । दुवैको शवलाई पोष्ट मार्टमका लागि मेहलकुना अस्पताल पु¥याईएको छ ।

यस्तै, बेपत्ता लेकवेशी नगरपालिका–२, का ८ वर्षीय दिनेश बुढा मगरको बुधबार नै शव भेटिएको थियो ।

सम्बन्धित समाचार

1 भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

2 सशस्त्रको गोताखोर टोलीले खोज्दा पनि वेपत्ता बालबालिका भेटिएनन्

3 रामघाटबाट बेपत्ता बालकको शव भेरी पुल नजिक भेटियो

तपाईको प्रतिक्रिया