नेपाल प्रेस यूनियनका केन्द्रीय सदस्य शर्मा समान्नित

सुर्खेत । नेपाल प्रेस यूनियन केन्द्रिय सदस्य सुशिलराज शर्मालाई सम्मान गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच नेपाल प्रेस यूनियन सुर्खेत शाखाले शर्मालाई सम्मान गरेको हो । नेपाल प्रेस यूनियनको केन्द्रिय सदस्य पदमा हालै मनोनित भएका शर्मालाई यूनियनको जिल्ला शाखाले सम्मान गरेको हो ।

बधाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रेस यूनियनका सुर्खेत शाखा अध्यक्ष ईश्वर खड्काले प्रेस यूनियनको केन्द्रिय सदस्य जस्तो गौरभान्वित पद सुर्खेतले पाएको बताउदै खुशी व्यक्त गरे । उनले भने, ‘जिल्लाले केन्द्रिय सदस्य पाएकोमा हामी निकै खुशी छौँ । लोकतान्त्रिक व्यवस्थामा विश्वास राख्ने यूनियनका साथीहरुलाई गोलवद्व गरी अभिभावकत्व महशुस हुनेगरी काम गर्नुहुन आग्रह गर्दछु ।’

यसैगरी बधाई तथा सम्मान कार्यक्रममा बोल्दै नेपाली कांग्रेस सुर्खेतका जिल्ला सचिव वालदिप कँडेलले पार्टी र यसका सुवेच्छुक सस्थाहरु विचको सवन्धलाई थप विस्तार गर्दै लैजाने बताए । उनले भने, ‘नेपाली कांग्रेसका शुवेच्छुक संस्था यूनिययनलगायतका संस्थाहरुलाई क्रियाशिल बनाउदै पार्टीसँगको सवन्ध विस्तार गर्दै लैजाने योजना बनाएका छौँ । लोकतान्त्रिक पद्वतीमा विश्वास गर्ने साथीहरु समावेश भएका शुवेच्छुक संस्थाहरुका साथ हामी अघि बढ्ने छौँ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष ललित वसेलले यूनियनमा आवद्व पत्रकारहरुको क्षमता विस्तारलगायतका विभिन्न कार्यक्रममा यूनियनको सक्रियता बढ्नुपर्ने धारणा व्यक्त गरे । प्रेस यूनियनका केन्द्रिय सदस्य शर्मालाई बधाई दिदै उनले जिल्लामा रहेका यूनियन आवद्व पत्रकारहरुका लागि क्षमता विस्तार तथा सांगठनिक एक्यवद्वताका क्षेत्रमा लाग्न अनुरोध गरे ।

नेपालमा भएका प्रजातान्त्रिक आन्दोलनका समयमा नेपाल प्रेस यूनियनले महत्वपुर्ण भुमिका निर्वाह गरेको यूनियनका केन्द्रिय सदस्य शर्माले जनाए । लोकतान्त्रिक व्यवस्था बचाउन नेपाली कांग्रेस तथा यसका आवद्व शुवेच्छुक संस्थाहरु विच सहकार्य बढाउनुपर्ने समय आएको उनले बताए । समयमै समन्वय तथा सहकार्य बढाउनुपर्ने शर्माको धारणा थियो ।

क्षमता वृद्वि तथा व्यवसायीक पत्रकारिता क्षेत्रमा यूनियन आवद्व पत्रकारका सम्वन्धमा आफ्नो साथ सदैव हुने शर्माको प्रतिवद्वता थियो । सुर्खेतबाट प्रकाशित हुने काँक्रेविहार दैनिकका प्रकाशक तथा सम्पादक समेत रहेका शर्मा विगत दुई दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार हुन् ।

तपाईको प्रतिक्रिया