पर्वतमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

युवराज पौडेल

सुर्खेत । पर्वतमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पैयूँ गाउँपालिका–४ स्थित सेतिखोलामा शुक्रबार दिउँसो साढे १ बजेको समयमा पौडी खेल्न गएका महाशिला गाउँपालिका–३ बालाकोट पात्ले गाउँका २१ वर्षीय सुनिल नेपालीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय हुवासका अनुसार सुनिलसँगै पौडी खेल्न गएका उनका साथी २० वर्षीय युवराज नेपाली घाईते भएका छन । उनिहरु भलिबल खेल्न पैयूँ गाउँपालिका गएका थिए । गर्मि भयो भनी पौडी खेल्न गएको र पौडीन नजान्दा डुबेको हुन सक्ने प्रहरीले जनाएको छ ।

घाइते दुवै जनालाई उपचारको लागि गह्रौ प्राथमिक अस्पतालमा पु¥याउदा सुनिल नेपालीलाई अस्पतालले मृत घोषणा गरेको पैयूँ हुवासका प्रमुख प्रहरी लाल बहादुर विकले जानकारी दिए ।

गह्रौ प्राथमिक अस्पताल वालिङले घाइते युवराज नेपालीलाई पोखरा रिफर गरेको छ । युवराजको अहिले पोखरा जे.एम.सी अस्पतालमा उपचार भइरहेको छ प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया