माथल्लिो कर्णाली जलवद्यिुत् आयोजना

बाँधले डुवानमा पार्ने रुख काट्न थालियो

दैलेख । माथल्लिो कर्णाली जलवद्यिुत् आयोजनाले बाँध निर्माण गर्दा डुवानमा पर्ने जंगल क्षेत्रका रुखहरु कटान सुरु भएको छ । आयोजनाले दैलेख र अछामका ५ वटा सामुदायिक वनका करिब १० हजार रूख कटान गर्न थालेको हो । जसका लागि दुवै जिल्लाका वन डिभिजन कार्यालयहरूले छपान तथा कटान स्वीकृती दिइसकेका छन्  ।

डुवान प्रभावति क्षेत्र अछामको तुर्माखाँद गाउँपालिका–३ स्थति थालपाटा सामुदायिक वनमा २ हजार ७ सय ५ रूख कटान सुरु गरिएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार असारघाट सामुदायिक वनका ६४ रूख २ वर्षअघि नै कटान गरिएको थियो ।

सल्लेरी सामुदायिक वनका ७ हजार २ सय ५२ रूख कटाका लागि टाँचा छपान सुरु गरिसकिएको आयोजनाका वन परामर्शदाता भुवनराज ओझाले बताए । उनका अनुसार रूख कटान गर्दा आइपर्ने खर्च स्थानीय सामुदायकि वनलाई प्रतीक्युफिट फिट २ सय १० रुपैयाँका दरले भुक्तानी गरिएको छ ।

त्यसपपछि सामुदायिक वनले कार्यविधीअनुसार उपभोक्तालाई बेच्ने वा लिलाम गर्ने भन्नेबारे नर्णिय गर्ने डिभिजन वन कार्यालय दैलेखका प्रमुख टेकबहादुर रावलले बताए । आयोजनाको तुइनकुनामा निर्माण हुने २३ मिटर उचाइको बाँधले ८ किलोमिटर लम्बाइको तलाउ निर्माण हुनेछ ।

उक्त तलाउले दैलेखको आठबिस नगरपालिका र अछामकोे तुर्माखाँद गाउँपालकिाका ५ वटा सामुदायिक वनका साल, सल्ला, साज, खयरलगायतका १० हजार रूख डुवानमा पार्ने आयोजनाका वन परामर्शदाता ओझाले बताए । आयोजनाले डुबान क्षेत्रका रूख कटान थालेपछि आयोजना निर्माणमा आशा पलाएको आठबिस नगरपालिका प्रमुख खड्गराज उपाध्यायले सुनाए ।

निर्माणको जिम्मा लिएको जीएमआरले लगानीको स्रोत जुटाउन नसक्दा माथिल्लो कर्णाली आयोजनाको निर्माण १३ वर्षदेखि अघि बढ्न सकेको छैन । सरकारले जीएमआरलाई सन् २००८ मा आयोजना निर्माणको जिम्मा दिएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा सरकारले जीएमआरलाई आयोजनाको जिम्मा दिएको थियो ।

तर, जग्गा मुआब्जा विवाद, अधिग्रहण, पुनर्वास र वनसम्बन्धी विषय सुल्झन नसक्नु मुख्य कारण रहेको जीएमआरले बताउँदै आएको छ यद्यपी, उसले अहिले आयोजनामा काम भने गरिरहेको छ ।

तपाईको प्रतिक्रिया