![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास कार्यक्रममा पुगेका काँग्रेस सभापतिसमेत रहेका देउवाले यस्तो बताएका हुन् ।
‘निर्वाचन आयोगले निर्वाचन गराउने हो, सरकारले सहयोग गर्ने हो, निर्वाचन आयोग कटिबद्ध भएर निर्वाचन गराएरै छोड्ने प्रतिबद्धता जाहेर गरेको छ,’ देउवाले भने, ‘सरकारको पनि निर्वाचन सार्ने कुनै मनसाय पनि छैन ।’ देश अहिले निर्वाचनको संघारमा रहेको भन्दै उनले स्थानीय निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने कुरामा सबै लाग्नुपर्ने बताए ।
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०७८ चैत्र ७, सोमबार