सुर्खेतमा राष्ट्रिय खाद्य बैंक प्रदेश समिति गठन

सुर्खेत । राष्ट्रिय खाद्य बैङ्क लिमिटेडको कर्णाली प्रदेशस्तरीय समिति गठन गरिएको छ । सुर्खेतमा आज सम्पन्न भेलाले कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिमा पूणर्प्रसाद पौडेल, चन्द्र थानी, शान्ति सिंह, देवप्रसाद पौडेल, भीमसेन पुन, पे्रम शाही, दीपबहादुर महतारा, हेमन्त वली, तारा गिरी, निरक वली, पूणर्प्रसाद आचार्य र यज्ञ ढकाल सदस्य रहेका छन् ।

‘पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ स्थापना भएको खाद्य बैंकले छिटै प्रदेशस्तरीय कार्यालय स्थापना गर्ने जनाएको छ । खाद्य बैंक लिमिटेडका संयोजक खड्काले किसानलाई आत्मनिर्भर बनाउन, अर्गानिक र प्राकृतिक खानेकुरा उत्पादनलाई प्रोत्साहन गर्न, बिउ बिजन बैंक सञ्चालन गर्न, खाद्य तथा कृषि अनुसन्धानलाई जोड दिने उद्देश्यले कर्णालीमा बैंकको शाखा स्थापना भएका छन् ।

तपाईको प्रतिक्रिया