दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते

सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दैलेख बजारदेखि चामुण्डा बिन्द्रासैनी नगरपालिकाको लागि छुटेको लु २ च ४५५४ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जिप बिहीबार दिउँसो साढे दुई बजेको समयमा नारायण नगरपालिका–२ जारकोट नजिक दुर्घटनामा परेको हो । जिप अनियन्त्रित भएर दुर्घटना परेको हो । प्रहरीका अनुसार जिपमा सवार ९ जना मध्ये चालकसहित दुई जना गम्भीर घाइते भएका छन् भने अन्य सामान्य घाइते भएका छन् ।

गम्भीर घाइते मध्य चालक सुर्खेत गुर्भाकोट नगरपालिका मेहलकुनाका इन्त्रप्रसाद ज्ञवाली, चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ पुर्ण शाही र चामुण्डा–६ का शुरेस शाही रहेका छन् । उनिहरुलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया