जुम्लामा १३ सयको निःशुल्क आँखाको परीक्षण

सुर्खेत । नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम र हिमालय आँखा अस्पताल पोखराले जुम्लामा तीन दिन निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

जुम्ला जिल्लाको खलंगामा यहीँ ६ गते देखि ८ सम्म तीन दिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सञ्चालन पश्चाप सम्पन्न गरेको हो ।

उक्त शिविरबाट एक हजार तीन सय ६० जनालाई परीक्षणगरी आवश्यक उपचार तथा परामर्श प्रदान गरिएको छ । हिमालय आँखा अस्पतालका डाक्टर अन्जु गुरुङको नेतृत्वमा एकसय २१ वटा मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।

तपाईको प्रतिक्रिया