ब्राउनसुगरसहित जुम्लामा एक जना पक्राउ

सुर्खेत । लागूऔषध (ब्राउनसुगर)सहित जुम्ला प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ । शुक्रबार विशेष सूचनाका आधारमा जुम्ला चन्दननाथ नगरपालिका-२ का १८ वर्षे धर्मेन्द्र भण्डारीलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

भण्डारीको घरमा लागुऔषधको कारोबार भईरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले भण्डारीको शरिर र घर खानतलास गर्दा घरको माथिल्लो तलामा कापीको बीचमा पुरिया बनाइ राखेको अवस्थामा ब्राउन सुगर बरामद गरेको हो ।

भण्डारीलाई पक्राउ गरी थप अनुसन्धानका लागि हिरासतमा राखिएको डिएसपी चन्दले जानकारी दिए । जुम्लामा पछिल्लो समय लागुऔषध दुव्र्यसनीको बढेको भन्दै प्रहरीले विशेष निगरानी बढाएको छ ।

तपाईको प्रतिक्रिया