
बर्दिया । बर्दियाको मधुवन नगरपालिका-६ स्थित कालिका सामुदायिक वन र ग्रामीण महिला सामुदायिक वनको सिमानामा आज एउटा वयस्क पाटे बाघ मृत अवस्थामा फेला परेको छ।
जिल्ला वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले पाटे बाघ मृत अवस्थामा भेटिएको जानकारी दिए । सूचना अधिकारी शर्माका अनुसार प्रारम्भिक अनुसन्धानबाट पाटे बाघ एक आपसमा जुधेर मरेको हुनसक्ने अनुमान गरिएको छ ।
एक साता अघि गत सोमबार मात्र मधुवन नगरपालिका वार्ड नम्बर २ मा रहेको जनजागृति सामुदायिक वनमा पाटेबाघ मृत फेला परेको थियो। यो सगै बर्दियाको मधुवन नगरपालिकामा एकै साता दुईवटा पाटेबाघ मृत फेला परेका हुन्।

हरिवंश पाण्डे । २०७८ चैत्र १२, शनिबार